Associate Professor Dr. Yogesh Neupane is a senior and well-known ENT and Head Neck Surgeon in Nepal. He has done his fellowship in Snoring and Sleep Apnoea Surgery from Singapore General Hospital , Singapore. Dr Neupane is Currently working in Department of ENT and Head Neck Surgery at Tribhuwan University Teaching Hospital, Maharajgunj, Kathmandu, Nepal

signature
OSA

Obstructive Sleep Apnea

‘Sleep Disorder Breathing Unit” in department of ENT and Head Neck Surgery at TU teaching Hospital.

What is OSA?

  • Obstructive Sleep Apnoea अथवा सुतेको बेला धेरै घुर्ने सामान्यतया धेरै मानिसहरुमा देखिने, वास्ता नगरिएको तर दीर्घकालिन समस्या ल्याउने रोग हो ।
  • सामान्यता १०० जना मध्ये ५ देखि १५% मानिसहरुमा यो समस्या देखिन्छ ।
  • यो समस्या विरामी सुतेको बेला देखिन्छ । निन्द्रामा ठूलो आवाजले घुर्नु र सुतेको बेला बिच-बिचमा केही समयका लागि सास नफेर्नु र यही प्रक्रिया रातभर दोहोरीरहनु यो रोगको प्रमुख लक्षण हो ।
  • सास फेर्ने नली सानो हुनु, त्यसलाई स्थिर राख्ने मांसपेशीहरु कमजोर हुनु यो रोगका कारक हुन ।
  • जब सास नली सानो हुन्छ र सानो सास नलीबाट हावा जाँदा आवाज आउछ त्यही आवाज घुराई हो ।
  • हामी जागेको समयमा सास फेर्ने नली हाम्रो शरीरको अधिनमा हुन्छ, जसले गर्दा सास फेर्ने नली खुम्चिन पाउदैन तर सुतेको समयमा नलीलाई खुल्ला राख्न मद्दत गर्ने मांसपेशीहरु शरीरको अधिनमा हुदैनन्, त्यसैले सुतेको समयमा पहिलेदेखिनै सानो भएको सास नली पुरै बन्द हुन जान्छ ।
  • सास नली पुरै बन्द भयो भने फोक्सोमा हावाको प्रवाह रोकिन्छ, जसले गर्दा शरीरमा Oxygen को मात्रा कम हुन जान्छ ।
  • जब हाम्रो शरीरमा Oxygen को मात्रा कम हुन्छ, यस कुरालाई हाम्रो दिमागले बुझ्छ र हामी एक्कासी केही क्षणका लागि ब्युझन्छौ ।
  • हामी ब्युझिएपछि दिमागले सास नलीलाई खुल्ला राख्न मद्दत गर्ने मांसपेशीहरुलाई फेरी आफ्नो अधिनमा राख्छ अनि सास नली खुल्ला हुन्छ र सास लिने र फाल्ने क्रम फेरी जारी हुन्छ, जसले गर्दा हाम्रो फोक्सोमा Oxygen पुग्छ ।
  • Oxygen को मात्रा कमी भएर हामी व्यक्तिएको कुरा प्राय हामीले थाहा पाउदैनौ तर यो प्रक्रिया रातभर चलिरहन्छ ।
  • यस प्रकारले घुर्ने, सास फेर्न बन्द हुने रगतमा Oxygen कम हुने र Brain ले शरीरलाई व्युझाएर फेरी श्वास-प्रश्वास नियमित बनाउने प्रक्रिया सुतेको वेला रातभर चलिरहन्छ ।
  • सुतेको वेलामा बारम्बार थाहा नपाईकन रातभर ब्यूक्कीरहनाले विहान सुतेर उठ्दा पनि शरीरले राम्ररी आराम पाउदैन र विहान थकान भईरहन्छ र दिनभरी पनि थकान महसुस हुन्छ र काम गर्ने जाँगर हुदैन जसले हाम्रो दिनचर्यामा सिथिलता आउँछ ।

What if OSA is not Treated?

यसरी हरेक रात शरीरमा Oxygen को मात्रा कम हुने प्रक्रिया जारी रह्यो भने, दीर्घकालिन रूपमा धेरै समस्याहरू आउछन्, जस्तैः

  1. सुतेको बेलामा बारम्बार थाहा नपाईकन रातभर विउभिरहनाले, विहान सुतेर उठ्दा पनि शरीरले राम्ररी आराम पाउदैन र विहान थकान भईरहन्छ, दिनभर पनि थकान महसुस हुन्छ र काम गर्ने जागर हुदैन, जसले हाम्रो दीनचर्यामा सिथिलता आउछ ।
  2. विहान उठ्दा टाउको भारी भईरहन्छ, दिनमा पनि टाउको दुख्ने हुन्छ ।
  3. स्मरण शक्ति कम हुँदै जान्छ, Anxiety र Depression हुन्छ ।
  4. दिउसो धेरै निन्द्रा लाग्छ, काममा ध्यान कम लाग्छ, आफुलाई आफ्नो कार्यक्षमता कम हुदै गईरहेको अनुभव हुन्छ ।
  5. झन-झन मोटाउदै गईन्छ ।
  6. सवारीसाधन दुर्घटनाः लामो दुरीका सवारी चालकलाई यो समस्या छ भने, दुर्घटना हुने सम्भावना २००% धेरै हुन्छ ।
  7. Gastritis का समस्या देखा पर्छ भएको समस्या बढ्छ औषधी खाँदा पनि राम्ररी Control हुदैन ।
  8. मुटुको समस्या/ Heart Problem: Hypertension, Heart Attack हुने सम्भावना समान्य मानिसलाई भन्दा धेरै हुन्छ ।
  9. Brain Attack पक्षघात हुने सम्भावना सामान्य मानिसलाई भन्दा धेरै हुन्छ ।
  10. औषधी खाँदा खाँदै पनि प्रेसर, सुगर, Gastritis जस्ता रोग राम्ररी Control हुदैन ।
  11. आँखामा जलविन्दु / आँखाको नसा सुक्ने सम्भावना सामान्य विरामीलाई भन्दा धेरै हुन्छ ।
  12. Sexual Dysfunction: यौन इच्छा कम हुदै जान्छ, यौन दुर्बलता अक्षमता हुन्छ ।
  13. अकालमा मृत्यु : यो रोगका विरामीहरु साधारण मानिस भन्दा चाडै मर्ने सम्भावना ४०% धेरै हुन्छ ।
Get in touch with me

Get clinic and surgery services throughout Nepal.