सबै लक्षणहरू एउटै बिरामीमा देखिन्छन् भन्ने हुदैन ।
- सुतेको समय ठूलो आवाजले घुर्नु ।
- सुतेको समय, वेला-वेलामा केही क्षणका लागि श्वास फेर्न बन्द हुनु, अनि केही समय पछि फेरी श्वास फेर्नु ।
- घाँटीमा श्वास अड्केर सुतेको बेला उठ्नु ।
- विहान उठ्दा टाउको दुख्नु, भारी हुनु ।
- बिहान उठ्दा घाँटी सुख्खा हुनु ।
- विहान उठ्दा निन्द्रा नपुगेको थकाई नमरेको अनुभव हुनु ।
- दिउसो धेरै निन्द्रा लागिरहनु निदाउनु ।
- राति सुतेको बेला घरी घरी व्यूतिरहनु ।
- राति बारम्बार पिसाब फेर्न गईराख्नु ।
- पढ्दा, TV हेर्दा, Meeting मा निन्द्रा लाग्नु ।
- समस्या धेरै बढ्दै गयो भने गाडी हाक्दा, काम गर्दा, गफ गर्दा पनि निदाउने हुनु ।
- निन्द्रा नपुगेको कारणले चिडचिड हुने, बानी व्यहोरा परिवर्तन हुनु ।
- Memmory Loss / स्मरण शक्ति कमजोर हुदै जानु ।
- Sexual Dysfunction / यौन दुर्बलता हुनु ।
- मुटुको समस्याहरु जस्तो Heart Failure, Atrial fibrillation, Hypertension, Heart
Attack हुनु, अथवा औषधी खाँदा खाँदै पनि यो समस्याहरु राम्ररी Control नहुनु ।
- सामान्य घुर्ने र Mild OSA का लागि
साधारणतय निम्न लिखित उपायहरु उत्तम हुन्छन् ।- Weight Reduction / वजन (तौल) कम गर्ने
- चुरोट रक्सी नखाने
- निदाउन मद्दत गर्ने औषधी नखाने
- कोल्टे वा घोप्टो परेर सुत्ने
- Sleep Apnea Exercise गर्ने। (Youtube मा “Sleep Apnea Exercise Nepali” सर्च गरेर हेर्न सकिन्छ)
नियमित व्यायम गर्ने । - Doctor चिकित्सकले नाक खोल्न मद्दत गर्ने, दिएको औषधी नियमित रुपले प्रयोग गर्ने ।
- Dental Device / Appliance प्रयोग पनि गर्न सकिन्छ ।
- मध्यम र उच्च (Moderate to Severe ) OSA का लागि
- माथि लेखिएको सामान्य घुर्ने र Mild OSA का लागि दिइएको सबै सुझावहरु अनुसरण
गर्ने । - Operation नाक र घाँटीका विभिन्न अपरेशनहरु गरेर साघुरिएको सास फेर्न बाटो ठूलो /
सामान्य बनाउने । - CPAP प्रयोग गर्ने ।
CPAP के हो र कसरी मद्दत गर्छ
CPAP एउटा Medical Device हो, जसले कोठामा भएको हावालाई (Air) नाकको बाटो हुँदै घाँटीबाट फोक्सो सम्म पुयाउन मद्दत गर्छ । यो मेसिनबाट पठाउने हावामा मध्यम चाप हुने हुनाले, त्यसले सुतेको वेलामा सास फेर्न नलीलाई बन्द हुन दिदैन । यो खतरा मुक्त (Safe) उपकरण हो । यो सुतेको वेला मात्र प्रयोग गर्नु पर्छ ।